काभ्रेको तेमालमा पहिरोमा परि दुई जनाको ज्यान गयो
काठमाडौं । काभ्रेमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ ।
गएराति तेमाल गाउँपालिका–७ मा गएको पहिराले घर पुर्दा उनीहरूको ज्यान गएको हो । पहिरोले स्थानीय भीमबहादुर तामाङको एकतले घर पहिरोले पुर्दा दुई महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।
पहिरामा परी ५० वर्षकी पातली तामाङ र ४० वर्षकी नक्कली तामाङको ज्यान गएको हो ।


प्रतिकृया दिनुहोस