• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

पाख्रिवासमा पहिरोले आमाछोरीको ज्यान लियो 

सनराइज खबर संवाददाता

काठमाडौं । धनकुटाको पाख्रिवासमा पहिरोले घर बगाउँदा आमाछोरीको ज्यान गएको छ । 

पहिरोले पाख्रिवास नगरपालिका–५ गुराँसेडाँडाकी करिब ५० वर्षीया रामकुमारी तामाङ र ३५ वर्षीया आशा तामाङको ज्यान गएको हो । शनिबार बिहान करिब ३ः३० बजे तिर घर बगाउन लागेपछि घरमा रहेको सामान निकाल्न गएका आमाछोरीको पहिरोले पुरेर ज्यान गएको प्रहरीले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस