• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

काठमाडौंमा खोलाले मोटरसाइकल बगाउँदा चालक बेपत्ता 

सनराइज खबर संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । 

शुक्रबार साँझ ६ः१५ बजे वाग्मती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपाल्चोक घर भई हाल रानीवन बस्ने १९ वर्षे चालक राजन श्रेष्ठलाई खोलाले बगाएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मोटरसाइकल निकाले पनि चालक फेला परेका छैनन् । चालको खोजी भइरहेको छ । 

 

प्रतिकृया दिनुहोस