• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

धादिङमा पहिरोले पुरिएर दुई जना र खोलाले बगाउँदा एक बालिका बेपत्ता 

सनराइज खबर संवाददाता

काठमाडौं अविरल वर्षाका कारण खसेको पहिरोमा पुरिएर शुक्रवार  धादिङमा दुई जना बेपत्ता भएका छन् । 

पहिरोमा परी दुई जना चेपाङ समुदायका युवा बेपत्ता भएका हुन् । नदीमा माछा मार्न गएका बेनिघाटरोराङ गाउँपालिका–६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  

नदीमा माछा मार्न गएका उनीहरू गजुरी गाउँपालिका–२ गुम्बाडाडाँमा ओडारमा बस्दा पहिरो गएर पुरिएका हुने । पहिरोले पुरिएर बेपत्ता भएका उनीहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी जुटका छन् । 

यसै गरी गजुरी गाउँपालिका–७ र ८ को बिचमा पर्ने घट्टेखोलाले  बगाएर एक बालिका बेपत्ता भएकी छिन् । उनको पहिचान खुल्न सकेको छैन । 

 

प्रतिकृया दिनुहोस