सिन्धुलीमा खोलाले बगाउँदा एक जना बेपत्ता
काठमाडौं । सिन्धुलीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।
कमलामाई नगरपालिका –९ सुके खोलाले शुक्रबार बगाउँदा कमलामाई नगरपालिका–९ का ४२ वर्षीय कृष्ण बोगटी बेपत्ता भएका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार महोत्तरीको बर्दिबासमा काम गरेर घर फर्कने क्रममा उहाँलाई राति ८ः१५ बजे बाढीले बगाएको हो । उहाँको खोजी कार्य जारी छ ।


प्रतिकृया दिनुहोस