• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सिन्धुलीमा खोलाले बगाउँदा एक जना बेपत्ता 

सनराइज खबर संवाददाता

काठमाडौं । सिन्धुलीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । 

कमलामाई नगरपालिका –९ सुके खोलाले शुक्रबार बगाउँदा कमलामाई नगरपालिका–९ का ४२ वर्षीय कृष्ण बोगटी बेपत्ता भएका प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार महोत्तरीको बर्दिबासमा काम गरेर  घर फर्कने क्रममा उहाँलाई राति ८ः१५ बजे बाढीले बगाएको हो । उहाँको खोजी कार्य जारी छ । 

 

प्रतिकृया दिनुहोस