• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

चट्याङ लागेर तीन जनाकाे ज्यान गयाे, दुई जना घाइते

खबर स‌ंवाददाता

काठमाडाैं । कञ्चनपुरमा चटयाङ लागेर दुई जनाको ज्यान गएकाे छ ।

ज्यान गुमाउनेमा दाेधारा चाँदनी नगरपालिका-६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका-१ की २८ वर्षीया हिरामती राना रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।

चटयाङ लागेर दोधारा चाँदनी-६ का ३७ वर्षीय जगदिश सुनार घाइते भएका छन् । उनकाे प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँँदनीमा उपचार भइरहेको  प्रहरीले जनाएकाे छ ।

चट्याङ लागेर बाजुरामा पनि एक जनाकाे ज्यान गएकाे छ । ज्यन गुमाउनेमा बुढीगंगा नगरपालिका-४ बागेगाउँका ६० वर्षीय खम्म कटुवाल रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । चट्याङ लागेर गौमुल गाउँपालिका-४ की ४० वर्षीया साउनी रोकाया घाइते भएकी छिन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस