• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नवलपुरमा भारतीय तिर्थयात्री बाेकेकाे बस दुर्घटना, २३ जना घाइते

खबर स‌ंवाददाता

काठमाडाैं । पूर्वी नवलपरासी (नवलपुर) को विनयी त्रिवेणी गाउँपालिकामा भारतीय तिर्थयात्री बाेकेकाे भारतीय नम्बर प्लेटकाे बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । 

काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको आरजे १४ पीसी ३५४५ नम्बरको बस साेमबार राति विनयी त्रिवेणी-१ स्थित विनयी खोलामा दुर्घटना हुँदा २३ जना घाइते भृका हुन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ ।

 

प्रतिकृया दिनुहोस