• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सङ्खुवासभामा ट्याक्टर दुर्घटना, दुईजनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका– ३ को सम्माटारमा बुधबार ट्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । 

खाँदबारी–किमाथाङ्का सडक खण्डको सम्माटारमा प्रदेश १ –०२००३ त १४३७  नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । 

बुधबार बिहान भोटखोला गाउँपालिकाबाट सदरमुकाम खाँदबारी आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा खाँदबारी नगरपालिका – ८ का विष्णेधाराका चालक १९ वर्षीय किरण श्रेष्ठ र सहचालक सोही ठाउँका १७ वर्षीय उदित श्रेष्ठको घटनास्थलमा नै ज्यान गएको हो । ट्याक्टर भिरबाट ३ सय मिटर तल खसेको छ । 

 

प्रतिकृया दिनुहोस