धोबिखोलामा ट्याक्सी खस्यो, चालककाे सकुशल उद्धार
काठमाडौं । काठमाडाैंकाे अनामनगरस्थित धोबिखोलामा ट्याक्सी खसेको छ ।
आइतबार साँझ अनामनगरको मदन भण्डारी कलेज अगाडि एउटा ट्याक्सी धोबिखोलामा खसेकाे प्रहरीले जनाएकाे छ । चालकलाई हनुमानस्थान नजिकबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
वर्षापछि आएकाे ठूलो बाढीले ट्याक्सीलाई बगाएर बुद्धनगर र थापाथली जोड्ने पुल नजिक पुर्याएको छ । ट्याक्सी निकाल्ने तयारी भइरहेको परिसरले जनाएकाे छ । प्रहरीका अनुसार ट्याक्सीमा चालक मात्रै थिए ।


प्रतिकृया दिनुहोस