बाग्लुङमा जीप दुर्घटना, पुथा उत्तरगंगाका उपाध्यक्षसहित तीन जनाकाे ज्यान गयाे
काठमाडाैं । बाग्लुङमा जीप दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे छ ।
मध्यपहाडी लोकमार्ग अन्तरगत बाग्लुङको गलकोट नगरपालिका-२ नरेठाँटीको भुंखानीमा शुक्रबार सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो जीप दुर्घटना हुँदा रुकुमकाे पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढासहित ३ जनाकाे ज्यान गएकाे हाे ।
दुर्घटनामा भुपेन्द्रासहित, सोही गाउँपालिकाको वडा नम्बर-२ का वडाध्यक्ष जसबहादुर कामी र उपाध्यक्ष बुढाको आमा गोपिमाया बुढाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएकाे छ ।
दुर्घटनामा पुथा उत्तरगंगाकै २९ वर्षीय प्रेम बहादुर पुन घाइते भएका छन् । उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ ।
घाँस काट्न गएका स्थानीयले जीप दुर्घटनामा परेकाे देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


प्रतिकृया दिनुहोस