नेपाली सेना र चिनियाँ सेनाबीच संयुक्त सैन्य अभ्यास हुँदै
काठमाडाैं । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ ।
नेपाली र चिनियाँ सेनाबीच असाेज ५ गतेदेखि सैन्य अभ्यास हुन लागेकाे हाे । चीनकाे सिचुवान प्रान्तस्थित छोङछिङमा हुने साे सैन्य अभ्यास असोज १५ गतेसम्म चल्ने बताइएकाे छ । याे नेपाल-चीन संयुक्त सैन्य अभ्यासको चौथो संस्करण हाे ।
काेभिड-१९ संक्रमणको जोखिमका २०७६ (सन् २०१९) पछि दुई मुलुकका सैनिकबीच अभ्यास हुन सकेको थिएन । २०७४ देखि दुई देशका सेनाले सैन्य अभ्यास गर्दै आएका छन् । २०७४ वैशाखमा काठमाडौंमा पहिलोपटक नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास भएको थियो । सैन्य अभ्यासको दोस्रो संस्करण २०७५ मा चीनको छेन्दुमा भएको थियो । चाैथाे संस्करण सन् २०१९ मा काठमाडौंमा भएको थियो ।


प्रतिकृया दिनुहोस