बोराको थुप्रोले थिच्दा एकै परिवारका चारकाे निधन
रुपन्देही । काेठामा राखेकाे बोराको थुप्राे पल्टिँदा एकै परिवारका चार जनाकाे मृत्यु भएको छ ।
व्यावसायिक रुपमा आफैंले संकलन गरी कोठामा राखेकाे बोराको थुप्रो पल्टिएर किच्दा भारत बिहारका ३० वर्षिय शहजाद हुसेन, उनकी श्रीमती २६ वर्षिया शद्दाव खातुन, दुई वर्षिया छोरी सहिना खातुन र ६ वर्षिय छोरा सुल्तान रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव ज्ञवालीले जानकारी दिए ।
सिद्धार्थनगर–६ स्थित घरमा भाडामा बस्दै आएका उनीहरुले बोरा संकलन गरी कोठामा राख्ने गरेका थिए । सोही बोराको थुप्रो पल्टिँदा खाटमा सुतेका उनीहरुको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
चारैजनालाई बिहीबार बिहान मृतावस्थामा फेला पारिएको थियो । उनीहरुको शव परीक्षणका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस