टिप्परको ठक्करबाट धनुषामा दम्पतिको निधन
काठमाडौं । पूर्व–पश्चिम राजमार्गस्थित धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ मा टिप्परको ठक्करबाट दम्पतिको निधन भएको छ ।
ज१प १७५८ नम्बरको टिप्परले ठक्कर दिँदा बा६४प ३०४८ नम्बरको मोटरसाइकलमा सवार जोगेन्द्र साहह र उनकी श्रीमती रमिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाको चारनाथ नगरपालिका–६ बस्ने जोगेन्द्र र रमिलाको घटनास्थलमै निधन भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको १० वर्षिय छोरा जोन घाइते भएका छन् । उनको गोदारस्थित समर अस्पतालमा उपचार भइरहेको छ ।
टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


प्रतिकृया दिनुहोस