• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सुनकोशीमा जिप खस्यो, तीनजना बेपत्ता 

खबर स‌ंवाददाता

काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुडुलेमा  शनिबार साँझ हाइलेक्स जिप सुनकोशीमा खस्दा तीन जना बेपत्ता भएका छन् । 

मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिप खाेटाङकाे हलेसीबाट भक्तपुर तर्फ आउँदै थियो । 

 जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार  गाडी नदीमा खस्दा गाडी चालक भक्तपरको सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका छन् ।

गाडीमा सवार २७ वर्षीय सुशान्त कक्षपती भने घाइते हुनुभएको छ । उहाँको स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । सुशान्त भने नदीमा खसेको गाडीको सिसा फोडेर बाहिर निस्कन सफल हुनुभएको छ । 

नदीमा खसेर बेपत्ता भएको गाडीसहित सवार यात्रीको खोजी कार्यका जारी छ ।  घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सप्रनिको कमाण्डमा गोताखोरसहितको प्रहरी टोली खोजीमा खटिएको छ । 

 

प्रतिकृया दिनुहोस