• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

कपिलवस्तुमा खोलामा डुबेर दुई बालकको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । कपिलवस्तुमा खोलामा डुबेर दुई बालकको ज्यान गएको छ । 

बाणगंगा नगरपालिका–८ ढोडेकोलका दुई जना बालकको ज्यान गएको हो । स्थानीय मोर्मीस्थित कोइली खोलामा नुहाउन गएका ढोडेकोलका १५ वर्षीय प्रतीक भण्डारी र सोही ठाउँका १६ वर्षीय सरोज सापकोटाको खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । 

 नजिकै फुटबल खेलेर गर्मी भएपछि नुहाउन साथीहरुसँग खोलमा पसेका उनीहरू खोलामा डुब्दा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । 

 

प्रतिकृया दिनुहोस