• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

आँबुखैरेनी बस दुर्घटना : २७ जनाको ज्यान गयो, १६ को उपचार हुँदै 

सनराइज खबर संवाददाता

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका– २ ऐना पहराबाटमा शुक्रबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ । 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको हो । ४१ यात्रु एक चालक र एक सहचालक गरी ४३ जना सवार सो भारतीय नम्बर प्लेटको सो बस बिहान ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो । 

पोखराबाट काठमाडौं आउँदै गरेको गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भारतीय पर्यटक बोकेर आएको थियो । बस भिरबाट करिब १ सय ५० मिटर तल नदी किनारमा खसेको थियो । 

घाइते १६ जनाको काठमाडौंमा उपचार भइरहेको  छ । घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइएको थियो । 

 

प्रतिकृया दिनुहोस