रुपन्देहीमा दुई ट्रक ठोकिँदा तीनको निधन
काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिकामा दुई ट्रक ठोकिँदा तीन जनाको निधन भएको छ । मंगलबार विहान करिब ६ बजेभएको दुर्घटनामा दुई ट्रकका चालक सहित ९ जना घाइते भएका छन् ।
निधन हुनेहरुमा नवलपरासी पाल्हीनन्दन गाउँपालिका वडा नं.७ बस्ने लालु कुर्मी र मविकन कुर्मी र जिल्ला सुनसरी चतरा बस्ने पूर्णबहादुर भुजेल रहेका छन् ।
बाक्लाे हुस्सुका कारण रुपन्देहीबाट नवलपरासी तर्फ जादैँ गरेको लु१ख ६७४५ को लोड ट्रक र नवलपरासीबाट रुपन्देहीतर्फ जादैँ गरेको ना२ख ८४८१ नम्बरको ट्रक एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव ज्ञवालीले जानकारी दिए ।
घाइतेको रुपन्देहीस्थित इन्द्रचोक मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस