• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

रुपन्देहीमा दुई ट्रक ठोकिँदा तीनको निधन

सनराइज खबर संवाददाता

काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिकामा दुई ट्रक ठोकिँदा तीन जनाको निधन भएको छ । मंगलबार विहान करिब ६ बजेभएको दुर्घटनामा दुई ट्रकका चालक सहित ९ जना घाइते भएका छन् ।

निधन हुनेहरुमा नवलपरासी  पाल्हीनन्दन गाउँपालिका वडा नं.७ बस्ने लालु कुर्मी र  मविकन कुर्मी र जिल्ला सुनसरी चतरा बस्ने पूर्णबहादुर भुजेल रहेका छन् ।

बाक्लाे हुस्सुका कारण रुपन्देहीबाट नवलपरासी तर्फ जादैँ गरेको लु१ख ६७४५ को लोड ट्रक र नवलपरासीबाट रुपन्देहीतर्फ जादैँ गरेको ना२ख ८४८१ नम्बरको ट्रक एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक  केशव ज्ञवालीले जानकारी दिए ।

घाइतेको रुपन्देहीस्थित इन्द्रचोक मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस