• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

‘शपिङ एप’ बनाएर ठगी गर्ने चार पक्राउ 

सनराइज खबर संवाददाता

काठमाडौं । ‘शपिङ एप’ बनाइ सामाजिक सञ्जाल मार्फत् ठगी गर्ने चार जनालाई वीरगञ्जबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा गढिमाईका २९ वर्षिय रोशन सिंह, उनकाे भाई विशाल सिंह, भारत कोलकात्ताका सबिक भक्त र वीरगञ्जका फरुख आलम रहेका छन् । 

‘शपिङ एप’ बनाएर उनीहरुले फेसबुक, ह्वाट्स एप, ट्वीटर र मेसेन्जर मार्फत् सस्तोमा एपल कम्पनीको मोबाइल पठाउने भन्दै बैंक खातामा पैसा पठाउन लगाएर ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । 

सोही एपमार्फत् उनीहरुले अमेरिका, क्यानडा र सिंगापुर लगायतका देशको भिसा समेत लगाइदिने झुठो आश्वासन दिई सर्वसाधारणलाई बैंक खातामा पैसा जम्मा गर्न लगाइ ठगेको पर्सा प्रहरीले जनाएको छ । 

बैंकमा खाता खोल्न उनीहरुले नक्कली नागरिकताको प्रयोग समेत गरेको पाइएको छ । 

प्रतिकृया दिनुहोस