‘शपिङ एप’ बनाएर ठगी गर्ने चार पक्राउ
काठमाडौं । ‘शपिङ एप’ बनाइ सामाजिक सञ्जाल मार्फत् ठगी गर्ने चार जनालाई वीरगञ्जबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा गढिमाईका २९ वर्षिय रोशन सिंह, उनकाे भाई विशाल सिंह, भारत कोलकात्ताका सबिक भक्त र वीरगञ्जका फरुख आलम रहेका छन् ।
‘शपिङ एप’ बनाएर उनीहरुले फेसबुक, ह्वाट्स एप, ट्वीटर र मेसेन्जर मार्फत् सस्तोमा एपल कम्पनीको मोबाइल पठाउने भन्दै बैंक खातामा पैसा पठाउन लगाएर ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।
सोही एपमार्फत् उनीहरुले अमेरिका, क्यानडा र सिंगापुर लगायतका देशको भिसा समेत लगाइदिने झुठो आश्वासन दिई सर्वसाधारणलाई बैंक खातामा पैसा जम्मा गर्न लगाइ ठगेको पर्सा प्रहरीले जनाएको छ ।
बैंकमा खाता खोल्न उनीहरुले नक्कली नागरिकताको प्रयोग समेत गरेको पाइएको छ ।


प्रतिकृया दिनुहोस