• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

रसुवा नाकाबाट सुन तस्करी गर्ने ६ जना पक्राउ 

सनराइज खबर संवाददाता

काठमाडौं । रसुवाको टिमुरेबाट साँढे दुई किलो सुन तस्कर गर्ने ६ जना पक्राउ परेका छन् । 

रसुवागढी नाकाबाट काठमाडौं आउँदै गरेको ना१झ ३५४२ नम्बरको टाटासुमो चेकजाँच गर्दा सुन फेला परेको रसुवाका डीएसपी इन्द्र सुवेदीले जानकारी दिए । 

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका सुब्बा लामा, दोलखाका तुलनारायण श्रेष्ठ, सिन्धुपाल्चोकका ३४ वर्षिय लवाङ मुर्कम तामाङ, सुवास तामाङ, शाङ्‍गा शेर्पा र ग्याल्जेन शेर्पा छन् ।

रसुवागढी नाकाबाट सुन लिएर काठमाडौं तर्फ आउँदै गरेका उनीहरुलाई गोसाइँकुण्ड गाउँपालिका–२ घट्टे खोलाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 

विशेष सुराकीको आधारमा चेकजाँच गर्दा सुन फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी सुवेदीले बताए । 
 

प्रतिकृया दिनुहोस