रसुवा नाकाबाट सुन तस्करी गर्ने ६ जना पक्राउ
काठमाडौं । रसुवाको टिमुरेबाट साँढे दुई किलो सुन तस्कर गर्ने ६ जना पक्राउ परेका छन् ।
रसुवागढी नाकाबाट काठमाडौं आउँदै गरेको ना१झ ३५४२ नम्बरको टाटासुमो चेकजाँच गर्दा सुन फेला परेको रसुवाका डीएसपी इन्द्र सुवेदीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका सुब्बा लामा, दोलखाका तुलनारायण श्रेष्ठ, सिन्धुपाल्चोकका ३४ वर्षिय लवाङ मुर्कम तामाङ, सुवास तामाङ, शाङ्गा शेर्पा र ग्याल्जेन शेर्पा छन् ।
रसुवागढी नाकाबाट सुन लिएर काठमाडौं तर्फ आउँदै गरेका उनीहरुलाई गोसाइँकुण्ड गाउँपालिका–२ घट्टे खोलाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
विशेष सुराकीको आधारमा चेकजाँच गर्दा सुन फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी सुवेदीले बताए ।


प्रतिकृया दिनुहोस