• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

गुल्मीको मुसिकोटमा पहिरोमा पुरिएर चार जनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका–१ बिसौनाका गोरे विक र वाग्ले विकको घर बगाउँदा चार जनाको ज्यान गएको छ । 

सँगै रहेका दुईवटा घर आज बिहान पहिरोले बगाउँदा चार जनाको ज्यान गएको हो । घटना बिहान नौ बजेतिर भएको नगरपालिका उपप्रमुख गंगा श्रेष्ठले जनकारी दिनुभयो ।  

घर माथिको सडकबाट लेदोसहितको आएको पहिरोले घर पुर्दा ४५ वर्षका गोरे विक, ६७ वर्षका हुकुमबहादुर विक, ६६ वर्षकी मसुरी विक र अढाई वर्षकी रियान्सी विकको ज्यान गएको वडाध्यक्ष विष्णुध्वज खातीले जानकारी दिनुभयो । मृतकको शव पहिरोबाट निकालिएको उहाँले बताउनुभयो । 

सो पहिरोमा परी २३ वर्षीया मुना विक र ३१ वर्षीय विष्णु विक घाइते भएका घाइते भएको छन् । घाइतेलाई उपचारको लागि पठाइसकिएको खातीले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस