• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

काठमाडौं उपत्यकाका सबै खोलामा बाढी, एमालेको केन्द्रीय कार्यालयमा पनि बाढी पस्यो 

सनराइज खबर संवाददाता

काठमाडौं ।  गए रातिको वर्षाको काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न बस्तीहरू डुबानमा परेका छन् । 

मनोहरा, हनुमन्ते, धोबीखोला, मनोहरा, विष्णुमती, नक्खु, बल्खुखोला तथा वाग्मती लगायतका खोलाको तटीय क्षेत्रमा बाढीले सडक, घर, विद्यालय र ग्यारेजहरूमा बाढीले क्षति पुर्‍याएको छ ।  

बाढी च्यासल स्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा पनि पसेको छ । पाटी कार्यालयको कम्पाउण्डमा खोलाको पानी जमेको छ । मनोहरा नदीको पानी पार्टी कार्यालयमा पसेको हो । 

बाढीले बल्खुको तरकारी बजार पनि डुबाएको छ । बाढीका कारण तरकारी बजामार क्षति पुगेकाे छ ।

त्यस्तै बल्खुको सुकुम्वासी बस्तीका एक जनालाई बाढीले बगाएर ज्यान लिएको छ । प्रहरीले बल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ। 

 

 

  

 

प्रतिकृया दिनुहोस