• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

गोरखाको धार्चेमा पहिरो : पाँच जना बेपत्ता, दुई जना घाइते 

सनराइज खबर संवाददाता

काठमाडौं । गोरखाको धार्चे–५ मा पहिरो जाँदा पाँचजना बेपत्ता भएका छन् । घटनामा अन्य दुई जना घाइते भएका सूचना आएको प्रमुख जिल्ला अधिकार भोला दाहालले जानकारी दिनुभयो । 

बेपत्तामध्ये तीनजना एउटै परिवारका भएको बुझिएको छ । दुई जना भने निर्माणाधीन हाइड्रो पावरका कर्मचारी भएको प्रारम्भिक जानकारी आएको छ । 

आइताबार बिहान करिब तीन बजेतिर एउटा घर र कृषि फर्मलाई पहिरोले पुर्दा सो घटना भएको थियो । घटनास्थलमा १५ जनाभन्दा बढी मानिसहरू भए पनि अन्यले भागेर ज्यान जोगाएका छन् ।  

पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाए लगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली त्यस तर्फ गएको छ । ठाउँ ठाउँमा सडक बिग्रिएकोले घटनास्थलमा पुग्न उद्धारकर्मीलाई समस्या भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला  अधिकारी दाहालले बताउनुभयो । 

 

 

प्रतिकृया दिनुहोस