माइक्रो दुर्घटना चालकको निधन, १० यात्रु घाइते
काठमाडौं । सिन्धुलीमा माइक्रो (हाइस) दुर्घटना हुँदा माइक्रो चालकको निधन भएको छ भने दश जना यात्रु घाइते भएका छन् ।
आइतबार बिहान पौने ७ बजे झापाबाट काठमाडौं जादैँ गरेको बा४ख ६९६ नम्बरको माइक्रो (बीपि राजमार्ग) कमलामाईस्थित भद्रकाली मन्दिरको सडकमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी काठमाडौं महानगरपालिका वडा नं.११ का मोहन महर्जनको निधन भएको छ ।
घाइते हुनेहरुमा ८ जना महिला र २ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।
माइक्रो अनियन्त्रित भई सडकबाट ३५ मिटर तल खसेको डिएसपी खत्रीले बताए । घाइते यात्रुहरुको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस