• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

माइक्रो दुर्घटना चालकको निधन, १० यात्रु घाइते

सनराइज खबर संवाददाता

काठमाडौं । सिन्धुलीमा माइक्रो (हाइस) दुर्घटना हुँदा माइक्रो चालकको निधन भएको छ  भने दश जना यात्रु घाइते भएका छन्  ।

आइतबार बिहान पौने ७ बजे झापाबाट काठमाडौं जादैँ गरेको बा४ख ६९६ नम्बरको माइक्रो (बीपि राजमार्ग) कमलामाईस्थित भद्रकाली मन्दिरको सडकमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी काठमाडौं महानगरपालिका वडा नं.११ का मोहन महर्जनको निधन भएको छ ।

घाइते हुनेहरुमा ८ जना महिला र २ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी  श्यामबहादुर खत्रीले जानकारी दिए ।

माइक्रो अनियन्त्रित भई सडकबाट ३५ मिटर तल खसेको डिएसपी खत्रीले बताए । घाइते यात्रुहरुको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस