• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

त्रिभुवन विमानस्थलमा नजिकै सौर्य एयरलाइन्सको जहाज दुर्घटना (भिडियाे)

सनराइज खबर संवाददाता

काठमाडाैं । त्रिभुवन विमानस्थलमा साैर्य एयरकाे विमान दुर्घटना भएको छ ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ ।

विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताइएको छ ।

त्रिभुवन विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा लागेको आगो निभाउन उद्धार टोली सक्रिय रहेको छ । जहाजभित्र रहेका यात्रुहरू जोखिममा देखिएका छन् ।

जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको थियो । जहाजको दुई ठाउँबाट धुवाको मुस्लो निस्केको छ । यसले जहाजको एउटा टुक्रा उछिट्टिएको देखिन्छ ।

जहाजमा आगो लागे लगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालित भएका थिए ।

अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका छन् । उद्दारकार्य निरन्तर भइरहेकाे छ ।

दुर्घटनाकाे थप विविरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस