• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

पहिरोले बगाएर बेपत्ता भएका बसका यात्रुको विवरण पहिलो पटक सरकारले गर्‍यो सार्वजनिक 

सनराइज खबर संवाददाता

काठमाडौं । गत असार २८ गते बिहान ३ः३० बजे भरतपुर महानगरपालिका–२९ मुग्लिन सडक खण्डको सिमलताल भन्ने स्थानमा लेदो सहित आएको पहिरोले बगाएर बेपत्ता भएको दुईवटा बसका यात्रुहरूको लिष्ट पहिलो पटक सरकारले सार्वजनिक गरेको छ । 

वीरगञ्जबाट काठमाडौं तर्फ आइरहेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्सको यात्रुवाहक बस र काठमाडौंबाट गौर तर्फ जाँदै गरेको गणपति डिलक्सको वाग्मती ०३–००१ ख २४९५ लेदोसहितको पहिरोले बनाई त्रिशूली नदीमा खसेका जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । 

त्यस्तै भरतपुर महानगरपालिका–१७ किलो भन्ने स्थानमा बुटवलबाट काठमाडौं आउँदै गरेको लु २ ख ६५६६ नं को ३० जना यात्रु सवार बसलाई लेदो सहित पहिरोसँग आएको ढुङ्गा खसी बसमा लाग्दा बसका चालक नवलपरासी सुनवल नगरपालिकाका–४ का ३६ वर्षीय मेघनाथ विक गम्भीर घाइते भएकामा उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा निधन भएको कार्यालयले जनाएको छ । 

कार्यालयले जारी गरेको विज्ञप्तिमा एञ्जल डिलक्सका चलानीमा भएका २७ जना र आफन्तजन सम्पर्कमा आई विवरण दिएको आधारमा ११ जना गरी जम्मा ३८ जना यात्रु रहेका थिए ।  त्यस्तै गणपति डिलक्समा चलानमा भए बमोजिम २३ जना र आफन्तजन सम्पर्कमा आई विवरण दिएको आधारमा चार जना गरी जम्मा २७ जना रहेको  कार्यालयले जनाएको छ । दुवै बसमा गरी जम्मा ६५ यात्रुहरू रहेको अद्यावधिक विवरण रहेको जानकारी जिल्ला प्रशासन कार्यालयले दिएको छ । 

बसमा भएका यात्रुको नामावली :

 

प्रतिकृया दिनुहोस