बत्तीकाे पाेल राख्दा घुस खाने कर्मचारी पक्राउ
काठमाडौं । बत्तीकाे पाेल राखेबापत् घुस माग्ने नेपाल विद्युत् प्राधिकरणका कर्मचारी कृष्णमुरारी चौधरी पक्राउ परेका छन् ।
कुलेश्वरस्थित नेपाल विद्युत प्राधिकारणको विद्युत वितरण केन्द्रमा ज्यालामा कार्यरत चाैधरीलाई अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले बिहीबार पक्रेकाे हाे ।
उनले पाेल राखेबापत् २५ हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ ।
त्यसैगरी बिजुलीकाे पाेल सार्दा घुस खाने पुरुषाेत्तम दाहाललाई पनि आयाेगले रंगेहात पक्रेकाे छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे आयाेगले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस