नारायणी नदीमा फेला परेको शव हराएकै बसका यात्रुको भएको पुष्टि
काठमाडौं । नारायणी नदीमा शनिबार भेटिएको शव शुक्रबार पहिरोले बगाएर बेपत्ता भएका भएका बसका यात्रुको भएको पुष्टि भएको छ ।
चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा फेला परेको शव हराइरहेको बसमा यात्रा गरेका भारतीय नागरिकको भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । बसका यात्रु ऋषि पाल साहको उहाँले बोकेको भारतीय आधार कार्डको आधारमा पहिचान खुलेको हो ।
साहको शव दुर्घटना स्थलभन्दा करिब ५० किलो मिटर तल नारायणी नदीमा भेटिएको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


प्रतिकृया दिनुहोस