• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

पहिरोमा हराएका बस र यात्रुको खोजी जारी 

सनराइज खबर संवाददाता

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको सीमलतालबाट पहिरोले बगाएर बेपत्ता भएको बस र यात्रुको खाजी अजा पनि जारी छ । शुक्रबार माथिबाट आएको पहिरोले बगाउँदा दुईवटा गुडिरहेका दुईवटा बस र त्यसमा रहेका यात्रीहरू बेपत्ता छन् । हिजो साँझ अबेरसम्म खोजी गर्दा फेला नपरेपछि रातभरि खोजीकार्य स्थगित गरिएको थियो । आज बिहानबाट फेरी खोजीकार्य सुरु गरिएको छ ।  

खोजी कार्यमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली खटिएको छ । सशस्त्र प्रहरीको गोताखोर टोली पनि खोजीमा संलग्न छ । तथापि हराएका बस र यात्रीको पत्तो लाग्न सकेको छैन । बस पहिरोले बगाएर त्रिसुली नदीमा पुर्‍याएको अनुमान गरिएको छ ।  

शुक्रबार बिहान ३ः३० बजे तिर चितवनको भरतपुर महानगरपालिका–२९ को सीमलतालमा आएको लेदोसहितको बाढीले दुईवटा बस बगाएको थियो । बगाएका मध्ये एउटा बस काठमाडौँबाट गौरतर्फ जाँदै थियो भने अर्को वीरगञ्जबाट काठमाडौँ आउँदै थियो । बसमा ६० भन्दा बढी यात्रु भएको अनुमान गरिएको छ ।  

प्रतिकृया दिनुहोस