काठमाडौं । दक्षिणकालीको थाई गुम्बामा पहिरोले पुरिँदा एक बालकको ज्यान गएको छ ।
शुक्रबार अपराह्न थाई गुम्बामाथिबाट पहिरो खस्दा ६ जना बालक पुरिएका थिए । उनीहरूको उद्धार गरी अस्पताल लगिएकोमा एक जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
अन्य पाँच जनाको उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस