• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

दक्षिणकालीमा पहिरोले गुम्बा पुरिँदा एक बालकको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । दक्षिणकालीको थाई गुम्बामा पहिरोले पुरिँदा एक बालकको ज्यान गएको छ । 

शुक्रबार अपराह्न थाई गुम्बामाथिबाट पहिरो खस्दा ६ जना बालक पुरिएका थिए । उनीहरूको उद्धार गरी अस्पताल लगिएकोमा एक जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

अन्य पाँच जनाको उपचार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस