• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

चितवनमा बेपत्ता भएका बसका यात्रुहरूको पहिचान खुल्यो 

सनराइज खबर संवाददाता

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता बसमा सवार यात्रुहरूको परिचय खुलेको छ । 

प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स बसमा सवार यात्रुहरूको पहिचान खुलेको छ । 

काठमाडौंबाट गौर गइरहेको गणपति डिलक्समा ३१ जना यात्रु सवार थिए । काठमाडौं स्थित टिकट बुकिङ काउण्टरका अनुसार काठमाडौंको नयाँ बसपार्कबाट गौर प्रस्थान गरेको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना सवार रहेका थिए । दुई जना बिच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाउनुभएको थियो । 

सो बसमा नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल, ओकिल खाँ, नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र लगायतको नामबाट टिकट बुक भएको छ । नन्दुको नामबाट पाँच जना, शन्तु र नवीनको नामबाट चार जना तथा जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ । जोरपाटीबाट चढेका यात्रुको नाम उल्लेख छैन ।  

यस्तै एञ्जल डिलक्समा वीरगञ्चबाट चालकसहित २४ जना सवार रहेको देखिएको छ । सो बसमा बिच बाटोबाट यात्रु चढेका थिए वा थिएनन् भन्ने खुलेको छैन । 

बस वीरगञ्जबाट बिहीबार साँझ आठ बजे काठमाडौंका लागि छुटेको थिए । वीरगन्जका जवाहिर महतोले चलाएको बसमा भारत घर भएका अन्सारी जी समेत दुई जना, सन्तोष ठाकुर, सुरेन्द्र शाह, आदित मिया, सुनिल शाह, साहनबाज आलम, वीरगन्ज–१४ पिपरा घर भएका प्रकाश पटेलसहित दुई जना रहेका छन् ।

त्यस्तै अरबिन्द्र दुवे, हरिन्द्र पण्डित र रामनगरी पर्सा घर भएका सुजित जीसहित दुई जना, बारा मुसहर्वा घर भएका परमानन्द जी, पर्सा रंगपुर घर भएका हृदयनारायण राउत समेत तीन जना, रघुनाथपुर घर भएका सालिम मिया सहित दुई जना, पर्सा कटिया घर भएका रैजुल आलम समेत दुई जना, डिलक्स साहु राजेन्द्र केसी र सहचालक बसमा रहेको बुझिएको छ । 

बेपत्ता बसको खोजी जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली  सेना लगायत खाजीमा खटिएका छन् । 

प्रतिकृया दिनुहोस