रौतहटमा जन्ती बोकेको जिप दुर्घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । जन्ती बोकेको स्कारपियो जिप नहरमा खस्दा रौतहटमा दुई जनाको ज्यान गएको छ ।
शुक्रबार बिहान रौतहटको गढीमाई नगरपालिका–६ सिङगारमनको भित्री सडक खण्ड धर्मपुर नहरमा सो दुर्घटना भएको छ । धनहरिबाट सर्लाही तर्फ जन्ती बोकेर जाँदै गरेको भारतीय नम्बरको एचआर ७० डी ८३८२ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई नहरमा खस्दा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा काठमाडौंका ५५ वर्षीय कूलबहादुर श्रेष्ठ, सर्लाही चक्रघट्टा गाउँपालिका –३ सुन्दरपुरका ७ वर्षीय श्वेता पण्डित रहेका छन् । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस