• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

रुकुम पूर्वमा पहिरोले पुरिएर एक जनाको ज्यान गयो, तीन गम्भीर घाइते 

सनराइज खबर संवाददाता

काठमाडौं । रुकुम पूर्वमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । 

सिस्ने गाउँपालिका–२, दल्लुगैरामा गए राति पहिरोले बगाउँदा गोठमा सुतिरहेका ११ वर्षीय सरगम बुढाको ज्यान गएको प्रहरीले जनाएको छ । 

स्थानीय कर्णबहादुर बुढाको परिवारका चारजना सुतेको गोड पहिरोले बगाएको थियो । पहिरोमा परेका तीन जनाको अवस्था पनि गम्भीर रहेको छ । 

पहिरोमा परी बालकका बुवा ४० वर्षीय कर्णबहादुर बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी नौ वर्षीया तिलसरा बुढा गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि रुकुमकोट पठाइएको छ । 

 

प्रतिकृया दिनुहोस