• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ

सनराइज खबर संवाददाता

काठमाडौं । गण्डकी प्रदेश सभाका सदस्य दीपक मनाङे भनिने राजिव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।  बिहीबार उनलाई पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले मनाङे विरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरेका थिए । 

मिलनको उजुरीपछि जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । 

प्रतिकृया दिनुहोस