काभ्रेको रोशीमा भ्याकुरे खोलाले बगाउँदा दुई जनाको ज्यान गयो
काठमाडौं । काभ्रेको भ्याकुरे खोलाले बगाउँदा शनिबार अपराह्न दुई जनाको ज्यान गएको छ ।
अविरल वर्षाको कारण भ्याकुरे खोलामा आएको बाढीले बगाउँदा रोशी गाउँपालिका–११ भीमखाेरीकी ६५ वर्षीय जालमाया रुचाल मगर र उहाँकी भदैनी ५ वर्षकी सेतीमाया रुचाल मगरको ज्यान गएको हो ।
स्वास्थ्यमा समस्या आएपछि तालढुङ्गाकाे मेडिकलमा उपचार गराएर घर फर्किएका उनीहरूलाई खोलाले बगाएको वडाध्यक्ष लालकुमार पाख्रिनले जानकारी दिनुभयो । मृतकको शवका प्रहरीले मुचुल्का उठाएर पोष्टमार्टमको लागि धुलिखेल अस्पताल ल्याइँदै गरेको उहाँले बताउनुभयो ।


प्रतिकृया दिनुहोस