स्याङ्जाको बिरुवामा पहिरो, तीन जनाको ज्यान गयो
काठमाडौैं । स्याङ्जाको बिरुवा गाउँपालिका–६ लामाखेतमा शनिबार दिउँसो पहिरोमा पुरिएर तीन जनाको ज्यान गएको छ ।
पहिरोले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीय हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीय गुह्येश्वरी शर्माको ज्यान गएको प्रहरीले जनाएको छ ।
आफ्नो घरमा पहिरोको जोखिम भएको भनि सुरक्षित स्थानमा गएका उनीहरूको सुरक्षित भनिएकै स्थानमा पहिरो खस्दा पुरिएर ज्यान गएको छ । घर नजिकै पहिरो चलेपछि उहाँहरूलाई सुरक्षित स्थानमा सारिएको थियो । तर सोही स्थानमा दिउँसो पहिरो खसेर उहाँहरूको ज्यान गएको छ ।
उक्त पहिरोमा परी अन्य पाँच जना घाइते भएका छन् । उनीहरूको स्थानीयवासी र बिरुवा प्रहरी चौकीको टोलीले उद्धार गरेको गरेको छ ।


प्रतिकृया दिनुहोस