वर्षाको कारण दोलखाको उत्तरी भेगमा क्षति, एक महिला बेपत्ता
काठमाडौं । भारी वर्षाको कारण तामाकोसी नदी र तटीय क्षेत्रमा आएको बाढी पहिरोले दोलखाको उत्तरी क्षेत्रमा क्षति पुगेको छ ।
बाढी पहिरोमा परी एक महिला बेपत्ता भएकी छिन् भने धेरै भौतिक संरचनाको क्षति भएको छ । बाढीमा परी गौरीशंकर गाउँपालिका–९ डोगाङमा होटेल व्यवसाय गर्दै आएकी ६० वर्षीय जाङमु शेर्पा बेपत्ता भएकी छिन् ।
बाढी र पहिरोले गौरीशंकर गाउँपालिका–९ को छ्योतछ्योत सिमीगाउँ रोल्वालिङ छ्योरोल्पा पदमार्गमा रहेका तीन वटा होटेलमा क्षति पुरेको छ । बाढी, पहिरोले लामाबगरको छ्योतछ्योछमा पनि क्षति पुगेको छ ।
लामाबगरको सिस्नेरीमा रहेको चाइनिज बेस क्याम्पमा पनि बाढी पहिरोले क्षति पुर्याएको छ । सो क्षेत्रमा नदीले सडक कटान गरेपछि आवतजावतमा समेत समस्या भएको छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको टेलरेस रहेको क्षेत्रमा पनि बाढीले कटान गरेको छ ।


प्रतिकृया दिनुहोस