• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

कुटपिट गरी हत्या गर्ने दुई जना पक्राउ

सनराइज खबर संवाददाता

धादिङ । कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

खनियाँवास गाउँपालिका–४ का ३२ वर्षीय सन्तबहादुरकाे हत्या गरेकाे अभियाेगमा नेत्रावती गाउँपालिका–१ का २० वर्षीय रोशन तामाङ र उनका २५ वर्षीय भाई राम तामाङलाई बुधबार पक्राउ गरिएकाे हाे ।

उनीहरुले सामान्य विवादमा सन्तबहादुर र सोही ठाउँका रविन तामाङलाई कुटपिट गरी गम्भीर घाइते बनाएका प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएकाे छ । 

सन्तबहादुरको उपचारको क्रममा निधन भएको हो । रविनलाई थप ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।

यसबारे थप अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस