• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको ज्यान गयाे

खबर स‌ंवाददाता

काठमाडाैं । कास्कीमा पहिराेमा परेर २ बालबालिकाकाे ज्यान गएकाे छ ।

मादी गाउँपालिका-५ तितेपानीका प्रकाश रानाभाटकी १३ वर्षीय छोरी आयुष्मा रानाभाट र पोखरा महानगरपालिका-२७ आरुपाटाका हरि सुनारका ३ वर्षका छोरा अनमोल सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मंगलबार राति घरपछाडिकाे ढिस्काे खस्दा आयुष्माकाे ज्यान गएकाे हाे । पहिराेमा पुरिएकी प्रकाशकी आमा ७० वर्षीय लालमायाकाे भने सकुशल उद्धार गरिएकाे थियाे ।

मंगलबार राति नै पहिराेले हरिकाे घर पुरिँदा छाेरा अनमाेलकाे ज्यान गएकाे हाे ।

मनसुन सक्रिय भएसँगै देशभर बाढी पहिराेले क्षति पुर्‍याउन थालेकाे छ । मंगलबार राति नै लमजुङमा पहिराेमा परेर ४ जना बेपत्ता भएका छन् भने २ जना घाइते छ ।

प्रतिकृया दिनुहोस