लमजुङको क्व्होलासोथार–३ मा पहिरो,बेपत्ताकाे खाेजी जारी
काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदै एकै परिवारका चार जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी भइरहेको छ ।
गए राति गएको पहिरोले तीन घर बगाउँदा एकै परिवारका दुई घरका चार जना बेपत्ता भएका छन् । पहिरोले रुद्रमान गुरुङ, उहाँका बुहारी पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका छोरीहरू इच्छा गुरुङ र नम्रता गुरुङ बेपत्ता भएका छन् ।
घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली जाँदै छ ।


प्रतिकृया दिनुहोस