दाङका आठ नाकामा सशस्त्रकाे पोष्ट राखिने
तुलसीपुर । भारतसँग सीमा जाेडिएका दाङका विभिन्न आठ नाकामा शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना हुने भएको छ ।
राजपुर र गढवा गाउँपालिकाका आठ नाकामा बोर्डर आउट पोष्ट स्थापना हुन लागेको हो । गृह मन्त्रालयको निर्णय अनुसार तत्काल साना–ठूला गरी आठ नाकामा बोर्डर आउट पोष्ट स्थापना गर्न लागिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।
रिजालका अनुसार यो आर्थिक वर्षभित्र राजपुर गाउँपालिकाका-६ को खङ्ग्रानाका, ७ को भौवानाका, भैसाही, दगमारा, खाङ्ग्रा, पटौली, सिरिया र गढवा गाउँपालिकाको वडा नं ८ मुसिनाको भौरीसालमा बोर्डर आउट पोष्ट स्थापनाको तयारी छ । ‘नाकामा प्रहरी चौकी नहुँदा त्यहाँका नागरिकले सुरक्षाको अनुभूति गर्न पाएका छैनन्, उनले भने–यसैलाई मध्यनजर गरी यो वर्ष बोर्डर आउट पोष्ट स्थापना गर्न लागेका छौं ।
प्रहरी निरीक्षकको कमान्डमा ३५ जनाको दरबन्दी रहनेगरी आठ ठाउँमा बोर्डर आउट पोष्ट स्थापना हुनेछ ।
त्यस्तै यही वर्ष राजपुर गाउँपालिका र गढवा गाउँपालिकासँग समन्वय गरेर अन्य नाकामा पनि बोर्डर आउट पोष्ट बनाउने प्रक्रिया अघि बढाएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । केही दिनमै राजपुर गाउँपलिकाका- ६ खाङ्ग्रा नाकामा बोर्डर आउट पोष्ट स्थापना हुने राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए ।
अहिले दाङका ३१ मध्ये दुई नाकामा मात्रै सुरक्षा शिविर थिए । शिविर संख्या थाेरै हुँदा नाकावासीले सुरक्षाको अनुभूति गर्न पाएका थिएनन् ।
यसअघि कोइलावास प्रहरी चौकी र खाङ्ग्रा प्रहरी चौकी छन् । यसअघि गढवा गाउँपालिका–८ कोइलावासमा एक सशस्त्र शिविर, राजपुर गाउँपालिका–७ सुनपथरी नाकामा शिविर भए पनि प्रभावकारी हुनसकेको छैन । भारतीय सीमा सुरक्षा बलले भने प्रत्येक नाकामा शिविर बनाएको छ । रासस


प्रतिकृया दिनुहोस