• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी, करोडौँको क्षति 

सनराइज खबर संवाददाता

काठमाडौं । बुटवल मिलनचोक स्थित डेल्टा कम्प्लेक्समा बिहीबार साँझ आगलागी भएको छ । 

साँझ ६ः३० बजेतिरबाट पाँच घण्टा बढी लागेको आगोले करोडौँको सम्पत्ति क्षति भएको छ । आगो रुपन्देही, कपिलवस्तु र नवलपरासीका १५ वटा दमकलले पाँच घण्टा लगाएर नियन्त्रणमा लिएका छन् । 

कम्प्लेक्सका सबै तलामा भएका करोडौँ रुपैँयाका सामान जलेर नष्ट भएका छन् । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

डेल्टा कम्प्लेक्स चौथो तल्लाबाट लागेको आगो पछि सबै तलामा फैलिएको थियो  । सो भवनमा विद्यालयका तयारी पोसाक, खेलकुदका सामग्री र विभिन्न विद्यालयका पाठ्यपुस्तक बिक्री हुँदै आएको थियो ।

 

प्रतिकृया दिनुहोस