किन पटक पटक नेपाल आउछ अमेरिकी सेना ?
काठमाडौं । शुक्रबार अमेरिकी सेनाकाे एक टाेली विमान सहित काठमाडाैं आइपुगेकाे छ ।
तालिम प्राप्त अमेरिकी सेना अमेरिकी सेनाको प्रचार टोलीका क्याप्टेन केभिन मेन्डेजको नेतृत्वमा १३ सदस्यीय टोली अमेरिकी वायुसेनाको विशेष विमानमा शुक्रबार चार बजे नेपाल आइपुगेको हाे । स्रोतका अनुसार काठमाडौंको नजिकैको ठाउँमा नेपाली सेना सँग संयुक्त अभ्यास गर्नेछ ।
संयुक्त अभ्यास नेपाली सेनासँग अमेरिकी सेनाले धेरै पटक गरिसकेको छ ।
अमेरिकी सेनाको अबतरणलाई कुटनितिक अबतरण भनिएको छ । उक्त जहाजमा १३ जना सवार थिए र यो अमेरिकाबाट क्वालालम्पुर हुँदै सिधै काठमाडौं बताइएकाे छ ।
प्राप्त सुचना अनुसार उक्त अमेरिकी विमान भित्र हेर्ने छुट नेपालमा कसैलाई छैन । विषेश तालिम प्राप्त अमेरिकी सेनाहरुलाई र सेनासँग आएको अति विषेश सामग्रीलाई सोझै अमेरिकी दुतावास लगिने स्रोतले बताएको छ ।
स्रोत अनुसार जुन ३ देखि सुरु भएको अमेरिकी सेना र नेपाली सेनाको संयुक्त अभ्यासलाई विशेष तालिम दिन आएको बहानामा उक्त विमान काठमाडौंमा अबतरण गरेको थियो ।
किन पटक पटक आउछ अमेरिकी सेना नेपालमा ?
अमेरिकी सेना पटक पटक विभिन्न बहानामा नेपाल आउनुलाई धेरै अन्तर्राष्ट्रीय विश्लेषकहरुले राम्रो भने भनेका छैनन् ।
अमेरिकी सेनाले नेपालमा पटक पटक सेना —सेना विच संयुक्त अभ्यासको वहानामा अनेक गतिविधि गर्न सक्ने विश्लेषकहरुले बताउँदै आएका छन् ।
अन्तर्राष्ट्रीय विषयमा चासो दिएर लेख्ने लेखक प्रदिप तिमल्सिना भन्नुहुन्छ—‘यसरी सुटुक्क अमेरिकाको विमान नेपाल भित्रनु राम्रो भने पक्कै होइन, त्यसमाथि पनि विमानमा के छ कसो छ भनेर चेक जाँच गर्न नपाउनु भनेको यो अमेरिकाको नेपाल प्रतिको हेपाह प्रवृति हो ’
उहाँले भन्नुभएको जस्तो सामान्य रुपमा हेर्दा समेत अमेरिकाले यो जुन गरिरहेको छ त्यो हेपाह प्रवृति नै हो भन्दा फरक पर्दैन ।
संयुक्त तालिमको वहानामा के के गर्ने भनेर क्लिएर जानकारी नदिई यसरी आउनु भनेको पक्कै राम्रो भने होइन ।
अमेरिकाको अति विशिष्ठ प्रोजेक्ट एमसीसी पनि नेपालमा सुरु भइसकेको छ । एमसीसीको कारण पनि अमेरिकी सेनाले र अमेरिकाले नेपालमा राज गर्ने भनेर धेरै नेपालीले अनुमान गरेका थिए ।
अमेरिका र एमसीसीको नराम्रो सन्देश जान्छ भनेर अमेरिका निकट नेपालका गगन थापा लगाएतका नेताहरुले आफ्नो लामो राजनितिक करिअरलाई धारमा राखेर खुलेआम अमेरिका र एमसीसीको सर्पोट पनि गरेका थिए ।
तर एमसीसी अनुमोदन भएपछिको दिनहरुमा भने अमेरिकी सेना सुटुक्क वा खुलेआम नेपालमा यत्र तत्र देख्न थालिएको छ ।
स्वार्थी अमेरिका
धेरैलाई थाहा नहुन सक्न अमेरिकी स्वार्थी छ भनेर । अमेरिकाले नेपालको लागि स्वार्थ बाहेक केही गर्दैन भनेर धेरैले अनुमान लगाउन सक्छन् ।
न त नजिकको छिमेकी मुलुक हो अमेरिका । त्यती टाढाको अमेरिकाले नेपालमा किन जहिल्यै गद्धे नजर गरिरहेको छ भनेर सबैको चासोको विषय पनि रहेको पाईन्छ ।
धेरैलाई थाहा नहुन सक्छ । काठमाडौंको स्वीचाटारमा विमान स्थल थियो भनेर । त्यो विमान स्थल अहिले भने छैन । त्यो विमानस्थल नेपाली यात्रुहरुको लागि थिएन । र कहिल्यै भएन । त्यो विमान स्थल अमेरिकाको लागि मात्र थियो ।
आफुलाई मनलागेको कुरा भित्र्याउन र गर्नकै लागी र नेपालको उत्तरी छिमेकी चीन सँग प्रतिशोध साध्नको लागि उक्त विमानस्थल प्रयोगमा आएको थियो ।
त्यसमा अमेरिकाको स्थार्थ पुरा भयो र विमास्थल पनि हरायो । यसरी हरायो कि स्वीचाटारका नयाँ पिढिका मानिस र त्याहाँ बसाई सरेर आउँने मानिसलाई अत्तो पत्तो नहुने गरि विमानस्थल हराएको थियो ।
यो त एउटा प्रतिनिधि घटना मात्र हो । यही एउटा घटना हेर्दा पनि अमेरिकाले नेपालको लागि निस्वार्थ केही पनि गर्दैन भन्ने पुुष्टी भएको छ ।
लेखक प्रदिप तिमल्सिना भन्नुहुन्छ—‘अमेरिकाले नेपाल मात्र नभएर चीनको वारेमा समेत रणनिति बनाउन नेपाल र नेपालको भूमीलाई प्रयोग गरिरहेको छ , यस बारे हामी आम नेपाली सर्तक रहनुपर्छ ’
तिमल्सिानाकै भनाईलाई आधार मान्ने हो भनेपनि अमेरिकाले कयैन पटक आफू शक्तिमा बस्नकै लागि विश्वलाई उछिन्न लागेको चीनलाई थला पार्नकै लागि नेपालको भूमीलाई प्रयोग धेरै पटक गरिसकेको छ ।
नेपाली सेना सँगको संयुक्त अभ्यासको वहाँनामा अमेरिकाले नेपालको राजनीति अनि नेपाली शेना भित्र खेल्न थालेको हुनु सक्ने अनुमान लगाउन सकिन्छ ।
यसैगरि भारत सँग मिलेर नेपालको टाउकोमा टेकेर अग्लो वनि चीन राम्रो सँग नियाल्नको लागि समेत नेपाललाई प्रयोग गरेको हुन सक्ने लेखक प्रदिप तिमल्सिना बताउँनुहुन्छ ।


प्रतिकृया दिनुहोस