• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

पहिरोमा पुरिएर एकको गयाे ज्यान, दुईजना घाइते

समाचार

खाँदबारी । सङ्खुवासभाको  चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छभने अन्य दुईजना घाइते भएका छन् । 

मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको  तथा मकवानपुरका उमेश  कार्की र गोविन्द थारू घाइते  भएका प्रहरीले जनाएको छ । उहाँहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।
 

प्रतिकृया दिनुहोस