पहिरोले पुरिँदा गयाे ज्यान
लमजुङ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा ज्यान गएको छ ।
आज बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताउनुभयो । गम्भीर घाइते चालक तामाङकोे काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको उहाँले जानकारी दिनुभयो । सो आयोजनाको ४२ दशमलव ६० मेगावाट क्षमता रहेको छ ।
–रासस


प्रतिकृया दिनुहोस